ताप्लेजुङ गोल्डकपः नेपाल पुलिस र झापा–११ को खेल आज
gorkhapatraonline.com · Mon Aug 31 02:50:55 GMT 2026
अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम क्वार्टरफाइनल खेल सोमबार हुँदै छ । अन्तिम क्वार्टरफाइनलमा नेपाल पुलिस क्लब र झापा ११ बिच खेल हुने भएको हो ।
आयोजक लाखेजात्रा सञ्चालन समितिका अनुसार नेपाल पुलिस र झापाको खेल दिउँसो ३ बजे सुरु हुने छ । खेलमा विजयी हुने टोली सेमिफाइनलमा पुग्ने छ भने पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिने आयोजक समितिका अध्यक्ष सागर मादेनले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)