फस्टाउँदै ‘गिग’ अर्थतन्त्र : डिजिटल अवसर भए पनि श्रमिक सुरक्षाका चुनौती
baahrakhari.com · Mon Jun 29 13:33:11 GMT 2026

काठमाडौं । पछिल्लो समय डिजिटल अर्थतन्त्रको तीव्र विस्तारसँगै ‘गिग इकोनोमी’ र प्लेटफर्ममा आधारित कामहरू आम्दानीको एक प्रमुख आधार बन्दै गएका छन् । विशेषगरी राइड–हेलिङ र विभिन्न डिजिटल प्लेटफर्महरूले नेपालमा स्वरोजगारी र उद्यमशीलताका नयाँ अवसरहरू सिर्जना गरिरहेका छन्, जसले गर्दा धेरै युवाहरूका लागि वैकल्पिक आयको बाटो खुलेको छ ।
नेपाल इकोनोमिक फोरमको ‘गिग इकोनोमी एन्ड राइड–हेलिङ : रोजगारी सिर्जनातर्फ’ विषयक एक छलफलको निचोडअनुसार, डिजिटल प्लेटफर्महरूले मानिसहरूलाई आत्मनिर्भर बन्न र थप आम्दानी गर्न नयाँ बाटो खोलेका छन् । उक्त कार्यक्रममा नीति निर्माता, व्यवसायी र सरोकारवालाहरूले गिग अर्थतन्त्रलाई फस्टाउन दिने तर कामदारहरूलाई पछाडि नछोड्ने गरी सन्तुलित नीति बनाउनुपर्नेमा जोड दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)