बाढीको ६ दिनपछि रसुवा जाँदै ऊर्जामन्त्री, क्षतिग्रस्त जलविद्युत् आयोजनाको निरीक्षण गर्ने
himalpress.com · Mon Aug 31 02:56:22 GMT 2026

काठमाडौँ- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ आज सोमबार भोटेकोसी बाढीबाट क्षतिग्रस्त जलविद्युत् आयोजना क्षेत्रको निरीक्षणमा जाँदै छन्। मन्त्री श्रेष्ठ अहिले बिहान ९ बजे काठमाडौँबाट प्रस्थान गरी नुवाकोट हुँदै रसुवामा अवस्थित जलविद्युत् आयोजना स्थल पुग्नेछन्।
मन्त्रीको सचिवालयकाअनुसार स्थलमार्गबाट नुवाकोट पुगेर मन्त्री श्रेष्ठले प्रभावित क्षेत्रमा उद्धार र राहतको अवस्थाबारे जानकारी लिनेछन्। बत्ती नपुगेका ठाउँमा वैकल्पिक ऊर्जा सोलारको व्यवस्थापन उपायबारे छलफल हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)