राहदानी प्रकरण : पाँच जना आरोपीलाई धरौटीमा छोड्न अदालतको आदेश
rajdhanidaily.com · Mon Jun 29 13:44:40 GMT 2026

काठमाडौँ । राहदानी खरिदसम्बन्धी भ्रष्टाचार मुद्दामा आरोपित पाँच जनालाई विशेष अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ। अदालतले अभियुक्तहरूको भूमिकाअनुसार तीन लाखदेखि पाँच लाख रुपैयाँसम्म धरौटी निर्धारण गरेको हो।
विशेष अदालतका सदस्यहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई पाँच लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। विभागका निर्देशक सुनिलकुमार केसीका हकमा चार लाख रुपैयाँ धरौटी तोकिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)