छोराको प्रतीक्षामा बिते २७ वर्ष, अझै फर्किने आशामा आमा
onlinekhabar.com · Mon Aug 31 03:07:33 GMT 2026

१५ भदौ, तुलसीपुर (दाङ) । दाङको तुलसीपुर उपमहानगरपालिका–१२ हेमनगर निवासी टीका डाँगीले छोराको बाटो हेरेको लामो समय भयो । आँखा टट्टाइसकेका छन् । आशा धुमिल बन्दै गएको छ, तर मनको कुनामा झिनो आशा भने अझै बाँकी छ ।
उनी अहिले ८० वर्ष पुगिसकिन् । तर, अहिलेसम्म छोराको कुनै अत्तोपत्तो छैन । विसं २०५८ पुसदेखि सम्पर्कविहीन भएका उनका छोरा ओवीराम डाँगीको अहिलेसम्म कुनै खबर नआए पनि उनले आशा भने मारेकी छैनन् । ‘ढोका ढकढक गर्दा पनि छोरो आयो कि जस्तो लाग्छ, मुसा कराउँदा पनि छोराकै याद आउँछ’, उनले भनिन्, ‘मेरो कपाल फुलेर सेताम्मे भइसक्यो तर अहिलेसम्म केही पत्तो लागेको छैन ।’
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)