मालिकाका किसानलाई अनुदानमा यान्त्रिक हलो वितरण
nepalnews.com · Fri Jun 26 01:15:43 GMT 2026

म्याग्दी। म्याग्दीको मालिका गाउँपालिकाले किसानलाई अनुदानमा मिनीटिलर (यान्त्रिक हलो) वितरण गरेको छ।
बहत्तर जना किसान, फार्म र समूहलाई ६० प्रतिशत अनुदानमा यान्त्रिक हलो वितरण गरिएको हो। कृषिकार्यको लागत घटाउन, किसानको सहजता र समयको बचतका लागि यान्त्रिक हलो वितरण गरिएको मालिका गाउँपालिकाका कृषि विकास अधिकृत सुस्मिता सुवेदीले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)