कक्षा १२ को रिजल्टपछि किन सडकमा छन् विद्यार्थी ?
nepalpress.com · Fri Jun 26 01:17:31 GMT 2026

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले असार ५ गते सार्वजनिक गरेको कक्षा १२ को नतिजामाथि गम्भीर प्रश्न उठाउँदै विद्यार्थीहरु आन्दाेलित बनेका छन्। नतिजा प्रकाशनमा हतार गर्दा त्रुटि भएको र त्यसले विद्यार्थीहरूको भविष्यमा प्रत्यक्ष असर परेको उनीहरुकाे आराेप छ ।
गत बैशाख १४ गतेदेखि सञ्चालन भएको कक्षा १२ को परीक्षाको नतिजा बोर्डले ५१ दिनमै सार्वजनिक गरेको थियो। बोर्डले यसलाई व्यवस्थापन र कार्यसम्पादनमा सुधारको संकेतका रूपमा प्रचार गर्याे । सार्वजनिक नतिजाअनुसार परीक्षामा सहभागी कुल विद्यार्थीमध्ये ६४.१३ प्रतिशतले सबै विषयमा ग्रेड प्राप्त गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)