सुरक्षित आवास निर्माण गर्दै फक्ताङलुङ
gorkhapatraonline.com · Mon Aug 31 03:18:13 GMT 2026

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले बाढी तथा पहिरोको उच्च जोखिममा रहेका घरपरिवारलाई सुरक्षित आवासमा स्थानान्तरण गर्ने गरी प्रक्रिया अघि बढाएको छ । गाउँपालिकाको वडा नंं. १ सावादिन र वडा नं. २ खेजेनिमका घरपरिवारलाई चालु आर्थिक वर्षभित्रै स्थानान्तरण गर्ने गरी प्रक्रिया अघि बढाएको हो ।
सुरक्षित स्थानमा स्थानान्तरण गर्न जमिन खरिद गरी आवास निर्माणको काम अघि बढाइएको गाउँपालिका अध्यक्ष राजन लिम्बू (मुक्ति)ले जानकारी दिनुभयो । उहाँका अनुसार जोखिममा रहेका परिवारको पहिचान गरी सुरक्षित स्थानमा स्थायी आवास केन्द्र निर्माण गरेर स्थानान्तरण गर्ने गाउँपालिकाको योजना रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)