२०० भन्दा बढी विद्यार्थी बेपत्ता, २० जना बगेको पुष्टि
barnanmedia.com · Mon Aug 31 03:18:53 GMT 2026

काठमाडौँ । नेपाल–चीन सीमा क्षेत्रमा आएको बाढी र पहिरोका कारण अति प्रभावित तीन जिल्लामा कम्तीमा १९ वटा विद्यालय प्रत्यक्ष रूपमा प्रभावित भएका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।
बीबीसी नेपाली र बीबीसी दक्षिण एसिया भिजुअल जर्नलिज्मका अनुसार विशेषगरी रसुवा र नुवाकोटका शैक्षिक संस्थाहरूमा व्यापक क्षति पुगेको छ । बाढी–पहिरोमा परी २०० भन्दा बढी विद्यार्थी बेपत्ता छन् । कम्तीमा २० जना विद्यार्थी बाढीमा बगेको पुष्टि भएको छ । विभिन्न विद्यालयका शिक्षकसमेत सम्पर्कविहीन छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)