अमेरिकी जेलभित्रका तस्वीर सार्वजनिक गर्दे मादुरोले भने, 'हामी अविचलित छौँ'
nepalviews.com · Mon Aug 31 03:24:01 GMT 2026

एजेन्सी । भेनेजुएलाका अपदस्त राष्ट्रपति निकोलस मादुरोले अमेरिकी हिरासतमा रहँदा पनि आफू ‘अविचलित र दृढ’ रहेको बताएका छन्। यसै वर्षको सुरुवातात अमेरिकी सेनाले नियन्त्रणमा लिएपछि न्युयोर्कको जेलमा राखिएका उनले त्यहीँबाट आफ्ना तस्वीरहरु सार्वजनिक गरेका हुन्।
मादुरोले आइतबार टेलिग्राममार्फत तस्वीरहरु पोस्ट गर्दै आफ्ना समर्थक र परिवारका नाममा सन्देश जारी गरेका हुन्। उनी र उनकी पत्नी सिलिया फ्लोरेस हाल लागूऔषध तस्करी र हातहतियारसम्बन्धी मुद्दामा ब्रुकलिनस्थित जेलमा थुनामा छन्। दुवैले आफूमाथि लागेका यी आरोपहरूको खण्डन गर्दै आएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)