उद्धार नभएको भन्दै सम्पर्कबिहीन आफन्तका परिवार पुगे माथिल्लो त्रिशूली- १ हाइड्रोको कार्यालय
annapurnapost.com · Mon Aug 31 03:25:00 GMT 2026

काठमाडौं : २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली - १ जलविद्युत् आयोजनाको कार्यालयमा भोटेकोशी बाढी पीडितका आफन्त ताला लगाउन पुगेका छन्। बाढी गएको लामो समय बितिसक्दा पनि जलविद्युतमा फसेका आफन्तहरूको उद्धार नभएको भन्दै सोमबार आयोजनाको कार्यालय थापाथलीमा पुगेका हुन्।
सम्पर्की विहीन भएकार पीडित परिवारको स्रोतका अनुसार सरकारले आफन्तको उद्धारका लागि तदारुकता नदेखाएकाले आक्रोश पैदा भएको बताएका छन्। उद्धारमा जानका लागि उनीहरुले आइतबार सरकारसँग निजी हेलिकोप्टर अनुमति माग गरेका थिए। तर आइतबार नदिएको र सोमबार दिने भन्दै टारेको र आज पनि उद्धारमा लैजान हेलिकोप्टर नदिएपछि आक्रोशित आफन्त बिहानै आयोजनाको कार्यालयमा पुगेका हुन्। उनीहरु गएपछि प्रहरीपनि कार्यालयमा पुगेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)