संघीय सरकारलाई कालिका-५ का वडाध्यक्ष अपिल- थप रसुवालीलाई मर्न नदिनुस्
lokaantar.com

रसुवाको कालिका गाउँपालिका–५ का वडाध्यक्ष सन्दिप पौडेलले गम्भीर हृदयाघात भएका बिरामीको तत्काल उद्धारका लागि हेलिकप्टर व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । पौडेलले जिबजिबे ग्रामीण अस्पतालमा एन्टेरोल्याटरल मायोकार्डियल इन्फार्क्सन अर्थात् गम्भीर हृदयाघात भएका बिरामी उपचारका लागि आएको र अवस्था अत्यन्तै नाजुक रहेको बताएका हुन् ।
भौगोलिक कठिनाइका कारण बिरामीलाई तत्काल उच्चस्तरीय हृदय रोग केन्द्रमा लैजानुपर्ने भएकाले हेलिकप्टरमार्फत एयर इभ्याकुएसन आवश्यक रहेको पौडेलको भनाइ छ। ‘म आफैँ वडा अध्यक्ष हुँ। केही गर्न नसक्ने अवस्थामा पुगेको छु,’ पौडेलले अपिलमा भनेका छन्, ‘हाम्रो बसमा केही छैन, न एम्बुलेन्स, न गाडी, न पर्याप्त स्वास्थ्य सुविधा।’
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)