जेनजी आन्दोलनमा जस्तै रसुवा बाढीमा पनि बीमा कम्पनीले अग्रिम भुक्तानी देलान् ?
onlinekhabar.com · Mon Aug 31 16:55:29 GMT 2026

१४ भदौ, काठमाडौं । भदौ १० गते आएको विनाशकारी बाढीपछि भएको क्षतिमा पनि बीमितले अग्रिम भुक्तानी पाउने सम्भावना देखिएको छ । बाढीका कारण भएको अस्वभाविक क्षतिको पुननिर्माण सुरुवातका लागि पनि अग्रिम भुक्तानी हुनुपर्ने सरोकारवालाले सुझाएका छन् ।
गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा भएको क्षतिमा पनि बीमा कम्पनीहरूले नोक्सानी यकिन गरी ५० प्रतिशत अग्रिम भुक्तानी दिएका थिए । सो समयमा नेपाल सरकारको मन्त्रिपरिषदले नै निर्णय गरेर अग्रिम भुक्तानीको निर्देशन दिएको थियो । सो अनुसार स्वदेशी रिइन्स्योरेन्स कम्पनीले पनि बीमा कम्पनीलाई अग्रिम भुक्तानी दिएपछि पीडितलाई भुक्तानी भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)