अमेरिकाको हिरासतमा रहेका भेनेजुएलाका पूर्वराष्ट्रपति मादुरोले सार्वजनिक गरे तस्बिर
himalpress.com · Mon Aug 31 03:46:11 GMT 2026

काठमाडौँ- भेनेजुएलाका पूर्वराष्ट्रपति निकोलस मादुरोले दुईवटा तस्बिर सार्वजनिक गरेका छन् । जसमा उनी संयुक्त राज्य अमेरिकाको एउटा हिरासत केन्द्रमा देखिएका छन् । गत जनवरीमा नियन्त्रणमा लिइएपछि उनलाई त्यहाँ राखिएको हो ।
अमेरिकी विशेष फौजले भेनेजुएलाको राजधानी काराकासबाट मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई नियन्त्रणमा लिई हवाई मार्गमार्फत अमेरिका पुर्याएको थियो।लागूऔषध ओसारपसार र अवैध रूपमा हतियार राखेको आरोपमा उनीहरूलाई न्युयोर्कको ब्रुकलिनस्थित हिरासत केन्द्रमा राखिएको छ, यद्यपि उनीहरूले यी आरोपहरू अस्वीकार गर्दै आएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)