‘पार्वती’को पहिलो दिनको कमाइ प्रधानमन्त्री दैवीप्रकोप उद्वार कोषमा
himalpress.com · Mon Aug 31 03:49:59 GMT 2026

काठमाडौँ- गत शुक्रबारदेखि हलमा प्रदर्शन भइरहेको फिल्म ‘पार्वती’ले पहिलो दिनको कमाइलाई प्रधानमन्त्री दैवीप्रकोप उद्वार कोषमा प्रदान गर्ने भएको छ। वितरक करण श्रेष्ठका अनुसार फिल्मले शुक्रबार घरेलु बक्सअफिसमा २५ लाख ९३ हजार रुपैयाँ ग्रस कमाएको थियो । यो कमाइबाट निर्माताको भागमा आउने ११ लाख ३ हजार २७० रुपैयाँ प्रधानमन्त्री कोषमा प्रदान गरिने भएको छ ।
केहीदिनमा अर्थमन्त्री स्वर्णिम वाग्लेमार्फत रकम कोषमा प्रदान गर्ने योजना रहेको जानकारी वितरक श्रेष्ठले दिए । उनका अनुसार, फिल्मले दोस्रो दिन शनिबार देशब्यापी ४२ लाख रुपैयाँ ग्रस हाराहारीमा कमाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)