जीर्ण फुसको घरमा कष्टकर जीवन बिताउँदै मण्डल परिवार
gorkhapatraonline.com · Mon Jun 08 04:39:38 GMT 2026

धनुषाको सबैला नगरपालिका–५, मखनाहा टोलका ४८ वर्षीय प्रगास मण्डलको परिवार गरिबीका कारण कष्टकर जीवन बिताउन बाध्य छ। एक धुर जग्गामा बनेको जीर्ण फुसको घरमा बसोबास गर्दै आएको यो परिवार सुरक्षित आवास र दैनिक गुजाराको समस्यासँग जुधिरहेको छ।
खर र बाँसले बनेको घरको छानो विभिन्न ठाउँबाट भत्किएको छ भने वर्षाको पानी रोक्न प्लास्टिकको त्रिपालले छोपिएको छ। घरका भित्ताहरू चर्किएका छन् र कतिपय भाग भासिँदै गएका छन्। वर्षाको समयमा घरभित्र बस्दा पनि भिज्नुपर्ने अवस्था रहेको मण्डलले बताउनुभयो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)