बेपत्ता हुनुअघि सुमित्राले श्रीमान्लाई भनेकी थिइन्– 'आई लभ यु सो मच'
nepalviews.com · Mon Aug 31 03:59:04 GMT 2026

एजेन्सी । नेपाल र चीनको सीमा क्षेत्रमा गएको विनाशकारी बाढी-पहिरोमा परी आफ्नी नवविवाहिता पत्नी बेपत्ता भएपछि बेलायतमा बस्दै आएका एक व्यक्तिले उनीसँग भएको अन्तिम कुराकानीको स्मरण गरेका छन्।
बेलायतको इस्ट ससेक्समा बस्दै आएका ३४ वर्षीय ट्रक चालक प्रमोद पौडेलले आफ्नी २५ वर्षीया पत्नी सुमित्रा सँग अन्तिमपटक गत बुधबार फोनमा कुरा गरेका थिए। त्यसको केही घण्टापछि चीनको तिब्बत स्वायत्त क्षेत्र नजिकैको हिमाली भेगमा हिमपहिरो फुटेर भीषण बाढी आएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)