चीनमा एआई हेल्मेटको प्रतिस्पर्धा, अब डेलिभरी राइडरलाई 'एआई भ्वाइस असिस्टेन्ट' सहितको स्मार्ट हेल्मेट
techpana.com · Tue Aug 04 04:23:20 GMT 2026

काठमाडौं । चीनका प्रमुख प्रविधि कम्पनीहरू खाद्यान्न तथा सामान डेलिभरी गर्ने राइडरका लागि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सहितको स्मार्ट हेल्मेट विकास गर्ने प्रतिस्पर्धामा उत्रिएका छन् । राइडरको सुरक्षा बढाउनुका साथै डेलिभरीलाई अझ छिटो र प्रभावकारी बनाउने उद्देश्यले कम्पनीहरूले एआईलाई हेल्मेटमै समावेश गर्न थालेका हुन् ।
पछिल्लो पटक चिनियाँ ई-कमर्स कम्पनी 'जेडी डटकम' ले आफ्ना फुड डेलिभरी राइडरका लागि एआईयुक्त स्मार्ट हेल्मेट सार्वजनिक गरेको छ । यसमा एआईद्वारा सञ्चालित भ्वाइस असिस्टेन्ट र वरपरको वातावरण हेर्न सक्ने क्यामेरा जडान गरिएको छ । यसले राइडरले मोबाइल नहेरी आवाजमार्फत नेभिगेसन, अर्डर जानकारी तथा अन्य निर्देशन प्राप्त गर्न सक्छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)