बाढीले क्षतिग्रस्त त्रिभुवन त्रिशूली माविको बस तोडफोड
annapurnapost.com · Mon Aug 31 04:06:49 GMT 2026

नुवाकोट : बाढीका कारण ठूलो क्षति पुगेको त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयको भौतिक सम्पत्तिमाथि थप क्षति पुर्याइएको छ। विद्यालयका दुईवटा बसमध्ये विदुर नगरपालिका–९, कोलनीस्थित प्लास्टर एरियामा पार्किङ गरी राखिएको एउटा बसमा गएराति अज्ञात व्यक्तिले ढुंगा प्रहार गरी तोडफोड गरिएको हो।
विद्यालय यसअघि नै बाढीका कारण क्षतिग्रस्त अवस्थामा रहेको विद्यालय प्रशासनले जनाएको छ। बाढीबाट विद्यालय भवन तथा अन्य भौतिक संरचनामा क्षति पुगेको अवस्थामा विद्यालयको बससमेत तोडफोड भएपछि थप चिन्ता बढेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)