कृष्णभिरमा फेरि बल्झियो पहिरोको घाउ : पृथ्वी राजमार्ग नै जोखिममा
annapurnapost.com · Mon Aug 31 04:07:48 GMT 2026

धादिङ : धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ स्थित कृष्णभिरमा सडकको ठूलो भाग भासिएपछि पृथ्वी राजमार्गको आवतजावत पूर्ण रूपमा ठप्प भएको छ।
सडकको अवस्था अत्यन्त जोखिमपूर्ण बनेपछि पैदल यात्रुसमेत उक्त खण्ड पार गर्न सक्ने अवस्था छैन। नागढुंगा–मुग्लिन सडक आयोजनाको पश्चिमी खण्डकी प्रमुख सञ्जना अधिकारीका अनुसार भदौ १० गतेदेखि १४ गतेसम्म आएको बाढीका कारण सडकको तल्लो भागमा निर्माण गरिएको रिटेनिङ वाल बगाएपछि सडक भासिएको हो। त्रिशूली नदीमा बढेको पानीको बहावले सडकको तल्लो भागमा निरन्तर कटान गरेपछि सडक भासिने क्रम अझै रोकिएको आयोजनाले जनाएको छ। सडकको तल्लो भागमै ठूलो क्षति भएकाले तत्काल सामान्य मर्मत गरेर यातायात सञ्चालनमा ल्याउन सकिने अवस्था नरहेको अधिकारीले बताइन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)