आज यी जिल्लामा बाढीको सम्भावना, सतर्क रहन आग्रह
nepalsamaya.com · Tue Aug 04 04:30:52 GMT 2026

काठमाडौं- जल तथा मौसम विज्ञान विभागअन्तर्गत बाढी पूर्वानुमान महाशाखाले आज देशका प्रमुख नदीहरूको जलसतह आगामी तीन दिनसम्म उल्लेख्य रूपमा बढ्ने देखिएको छ। यद्यपि हाल कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र तिनका सहायक नदीहरू तथा कन्काई, कमला, बबई, पूर्व राप्ती र पश्चिम राप्ती नदीको बहाव सतर्कता तहभन्दा तल रहेको जनाइएको छ।
महाशाखाका अनुसार कोशी जलाधारअन्तर्गत सप्तकोशी (चतरा), तमोर (तिव्रीघाट), अरुण (रिस्ले), दूधकोशी (रुवाबजार), सुनकोशी (हर्कपुर) तथा तामाकोशी (खुर्ती) नदीको जलसतह आजदेखि आगामी तीन दिनसम्म उल्लेख्य रूपमा बढ्ने अनुमान गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)