मुग्लिन-नारायणगढ सडकमा पहिरो, यातायात एकतर्फी
ratopati.com · Tue Aug 04 04:40:55 GMT 2026

चितवन । नारायणगढ-मुग्लिन सडक खण्डको मुग्लिन बजार नजिकै पहिरो खस्दा सडक आवागमन प्रभावित भएको छ। आज बिहान १०:१२ बजे खसेको पहिरोका कारण हाल सडक एकतर्फी रूपमा मात्र सञ्चालन भइरहेको छ।
सडक डिभिजन भरतपुरका अनुसार पहिरो हटाउनका लागि डिभिजनका उपकरणहरू तत्काल परिचालन गरिएको छ। पहिरो सफा गर्ने कार्य तीव्र गतिमा भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)