कान्तिपुर र पशुपति सहकारीका साना बचतकर्ताको बचत फिर्ता शुरू
hamrakura.com · Tue Aug 04 00:00:00 GMT 2026
काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पछिल्लो पटक कान्तिपुर सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ र पशुपति सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेडका साना बचतकर्ताहरूको रकम फिर्ता गरेको छ।
समितले उपलब्ध गराएको विवरणअनुसार हालसम्म कान्तिपुर सेभिङ सहकारीका ३३४ जना र पशुपति सहकारीका ७ जना बचतकर्ताले आफ्नो बचत रकम फिर्ता पाइसकेका छन्। सरकारले समस्याग्रस्त सहकारीका ऋणीहरूबाट असुल उपर गरिएको रकमबाट नै पीडित बचतकर्ताहरूको निक्षेप फिर्ता गरिरहेको स्पष्ट पारेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)