एकै दिन भक्तपुरबाट ४० टन ताइचिन चिउरा बिक्री
barnanmedia.com · Mon Jun 29 14:42:02 GMT 2026

आज असार १५ गते, लोकल उत्पादनको रूपमा प्रख्यात भक्तपुरको ताइचिन चिउरा एकै दिन ४० टन बिक्री भएको छ । काठमाडौँ उपत्यकाभित्रका तीन जिल्लाका विभिन्न सहर र काभ्रेपलाञ्चोक जिल्लामा असार १५ का लागि यहाँका चिउरा व्यवसायीले ४० टन ताइचिन चिउरा बिक्री गरेको चिउरा व्यवसायी एवं भक्तपुर घरेलु तथा साना उद्योग सङ्घका निवर्तमान अध्यक्ष वीरेन्द्र जतिले जानकारी दिनुभयो ।
उहाँले आजको दिन ताइचिन चिउराको माग अत्यधिक बढेको उहाँले बताउनुभयो । दहीसँग ताइचिन चिउरा निकै स्वादिलो हुने मान्यता अनुरूप वर्षौँदेखि चिउराका पारखीले ताइचिन चिउरानै रोज्ने गर्छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)