पार्टी सदस्यताको महत्व नभएपछि एमालेमा सदस्यता नवीकरण गर्ने घटे
kendrabindu.com · Tue Aug 04 04:55:26 GMT 2026

काठमाडौं । एमालेमा सदस्यता नवीकरण गर्नेको संख्यामा कमी आएको छ । गत फागुनको निर्वाचनमा कमजोर नतिजा आएपछि एमालेले पार्टी सुदृढीकरण अभियानसँगै सदस्यता नवीकरण अघि बढाएको थियो । तर विगतको तुलनामा हालसम्म करिब ५१ प्रतिशत एमाले सदस्यले मात्र आफ्नो सदस्यता नवीकरण गरेका छन् ।
गत भदौको विधान महाधिवेशनमा ६ लाख ६७ हजार १ सय १४ जनाले सदस्यता नवीकरण गरेको सांगठनिक विभागको प्रतिवेदनमा उल्लेख छ । त्यसअनुसार अहिले नवीकरण गर्ने ५१ प्रतिशत अर्थात् करिब ३ लाख ४० हजार छन् । केही सदस्य निष्क्रिय भएका, पार्टी छाडेका र केहीको मृत्यु भएका कारण सदस्यता नवीकरण गर्नेको संख्या घटेको एमालेको प्रदेश कमिटीको भनाइ छ । नवीकरण गर्ने म्याद साउन मसान्तसम्म तोकिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)