बागमतीका ५ स्थानीय तहमा न्यायिक सहजकर्ता नियुक्त गरिँदै
ratopati.com · Tue Aug 04 05:04:18 GMT 2026

मकवानपुर । बागमती प्रदेश सरकारले नागरिकको सेवा प्रवाह, कानुनी सहजता तथा स्थानीय तहको न्याय सम्पादनलाई प्रभावकारी बनाउन न्यायिक सहजकर्ता नियुक्तिका लागि आवेदन माग गरेको छ। प्रदेश सरकारले प्रदेशभित्रका चार जिल्लाका पाँच गाउँपालिकामा न्यायिक सहजकर्ता नियुक्त गर्ने प्रक्रिया अघि बढाएको हो।
प्रदेशको आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्रालयले मंगलबार सूचना जारी गर्दै रिक्त रहेका स्थानीय तहमा करार सेवामा पदपूर्तिका लागि आवेदन आह्वान गरेको हो। मन्त्रालयले स्थानीय न्यायिक सहजकर्ता (नियुक्ति तथा परिचालन) कार्यविधि, २०८३ बमोजिम २०८५ असार मसान्तसम्मका लागि उक्त पदमा नियुक्ति गर्न लागेको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)