विदेश पढ्न जाने विद्यार्थीका लागि नबिल बैंकको ‘एजुकेशन हब’ सञ्चालन, अब सबै बैंकिङ सेवा एउटै स्थानमा
kalakarmi.com · Tue Aug 04 05:06:19 GMT 2026

काठमाडौं- नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन हब’ सञ्चालनमा ल्याएको छ । हबको सोमवार नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अर्न्स्ट, नबिल बैंकका अध्यक्ष निर्वाणकुमार चौधरी र बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले संयुक्त रुपमा उद्घाटन गरे ।
त्यस अवसरमा बैंकका सञ्चालक समितिका सदस्य तथा वरिष्ठ व्यवस्थापनका पदाधिकारीहरूको समेत उपस्थिति थियो । उच्च शिक्षाका लागि विदेश अध्ययन गर्न जान चाहने विद्यार्थी, उनीहरूका अभिभावक, शैक्षिक परामर्शदाता संस्था तथा शिक्षा क्षेत्रसँग सम्बन्धित अन्य सरोकारवालालाई लक्षित गरी एजुकेशन हब सञ्चालनमा ल्याइएको बैंकको भनाइ छ । उक्त हबबाट बैंकिङ, वित्तीय तथा परामर्श सेवा उपलब्ध हुने जनाइएको छ । नबिल बैंकका अध्यक्ष निर्वाणकुमार चौधरीले विद्यार्थीलाई आवश्यक वित्तीय पहुँच, मार्गदर्शन तथा बैंकिङ सहयोग उपलब्ध गराउने उद्देश्यले हब स्थापना गरिएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)