सुनकोशीमा खसेको कार अझै भेटिएन
ratopati.com · Tue Aug 04 05:13:46 GMT 2026

काठमाडौं । सिन्धुलीको फिक्कल गाउँपालिका–२ स्थित नवलपुरमा पर्ने मध्यपहाडी लोकमार्गबाट सुनकोशी नदीमा खसेको कार अझै भेटिएको छैन। कारमा सवार तीन जना बेपत्ता छन्।
सोमबार मध्यान्ह प्रदेश–३–०१–०२४ च ९५७३ नम्बरको कार सडकबाट करिब ५० मिटर तल सुनकोशी नदीमा खसेको थियो। काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बागमती प्रदेश–०८–००१ ख ०१४४ नम्बरको बसले कारलाई ठक्कर दिँदा कार नदीमा खसेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)