बाँकेमा ९५ प्रतिशत धान रोपाइँ सम्पन्न
barnanmedia.com · Tue Aug 04 05:09:01 GMT 2026

बाँकेमा हालसम्म ९५ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ। कृषि ज्ञान केन्द्र बाँकेका अनुसार जिल्लामा धान खेती हुँदै आएको ३३ हजार ७८० हेक्टर क्षेत्रफलमध्ये ३१ हजार ५०० हेक्टरमा रोपाइँ सकिएको हो।
कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख डा. विनोद घिमिरेका अनुसार पछिल्ला दिनमा पर्याप्त वर्षा भएपछि रोपाइँले गति लिँदा ९५ प्रतिशत क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको हो। उहाँका अनुसार सिँचाइ सुविधा पुगेका अधिकांश क्षेत्रमा रोपाइँ सकिएको छ भने आकाशे पानीमा निर्भर केही क्षेत्रमा मात्रै बाँकी रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)