टिनको टहराभित्र परालले छोपेको अवस्थामा महिलाको शव फेला
mahendranagarpost.com · Tue Mar 08 08:51:08 GMT 2022
काठमाडौं – भक्तपुरको चाँगुनारायण नगरपालिका–७ बागरेमा मृतावस्थामा फेलापरेकी महिलाको पहिचान खुलेको छ । मृत फेलापरेकी महिला काभ्रेको नमोबुद्धकी जेनिसा नगरकोटी रहेको खुलेको छ । उनी मृत भेटिएकै स्थानवरपर बस्दै आएको र मजदुरी काम गर्दै आएको प्रहरी अनुसन्धानका क्रममा खुलेको छ ।
घटनाको प्रकृति हेर्दा उनको हत्या भएको हुनसक्ने प्रहरी अनुमान छ ।
गए राति चाँगुनारायण नगरपालिका–७, बागरेस्थित तरकारी खेती हुँदै आएको जग्गामा टिनको कच्ची टहराभित्र परालले छोपेको अवस्थामा महिलाको शव फेला परेको थियो ।
टहरोमा शव रहेको जानकारी पाए लगत्तै महानगरीय प्रहरी परिसर भक्तपुरबाट प्रहरी उपरीक्षक (एसपी) शिव कुमार श्रेष्ठको कमाण्डमा अनुसन्धान अधिकृत सहितको प्रहरी टोली गएको थियो । सो टोलीले घटनास्थल प्रकृति तथा लाश जाँच मुचुल्का गरी पोष्टमार्टमको लागि केएमसी अस्पताल दुवाकोट पठाएको र थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (mahendranagarpost.com)