गोकर्णेश्वरमा सांसद पाण्डेको नेतृत्वमा चल्यो डोजर, सेनाको असन्तुष्टि
clickmandu.com · Tue Aug 04 07:31:10 GMT 2026

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका-४ स्थित नेपाल ट्रस्टको जग्गामा डोजर चलाइएको छ । काठमाडौं क्षेत्र नम्बर ३ का सांसद राजुनाथ पाण्डेको नेतृत्वमा गएको टोलीले सोमबार सेनाको संरक्षणमा रहेको जग्गामा डोजर चलाएर करिडोरको बाटो खुलाएको हो।
लामो समयदेखि बाटो साघुँरो भएर आवतजावतमा समस्या परेको भन्दै स्थानीयले बाटो विस्तारको माग गर्दै आएका थिए । सोमबार सांसद पाण्डे सरकारी डोजर लिएरै उक्त स्थानमा पुगेका थिए । आफ्नो संरक्षणमा रहेको जग्गामा डोजर चलाउन थालेपछि त्यहाँ तैनाथ नेपाली सेनाका अधिकारीहरूले आवश्यक कानुनी प्रक्रिया पूरा नगरी र लिखित पत्रबिना काम अघि नबढाउन अनुरोध गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)