इरानलाई ट्रम्पको ‘अन्तिम अवसर’ चेतावनी
barnanmedia.com · Tue Aug 04 07:43:36 GMT 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ता जारी रहेको दाबी गर्दै तेहरानलाई सम्झौतामा पुग्न ‘अन्तिम अवसर’ रहेको चेतावनी दिनुभएको छ । इरानले भने वासिङ्टनसँग प्रत्यक्ष वार्ता भइरहेको दाबी अस्वीकार गर्दै आफूहरूको संवाद केवल हर्मुज जलघाँटीमा सुरक्षित जलमार्ग सुनिश्चित गर्ने विषयमा ओमानसँग केन्द्रित रहेको जनाएको छ ।
ह्वाइट हाउसमा सोमबार पत्रकारसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, कतारलगायत क्षेत्रीय मुलुकहरूको आग्रहमा इरानसँग संवाद जारी राख्न सहमत भएको बताउनुभयो । उहाँले इरानले अस्वीकार गरे पनि दुवै पक्षबीच वार्ता भइरहेको दाबी गर्दै तेहरानलाई उपयुक्त दस्तावेजमा हस्ताक्षर गर्ने अन्तिम अवसर दिइएको उल्लेख गर्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)