समर्थन गर्न आग्रहसहित बागमतीका मुख्यमन्त्री बानियाँले पठाए ५ दललाई पत्र
ratopati.com · Tue Aug 04 07:50:42 GMT 2026

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश सरकारको निरन्तरता र राजनीतिक स्थिरताका लागि भन्दै अन्य राजनीतिक दलसँग औपचारिक रूपमा समर्थन माग गरेका छन्। उनले प्रदेशसभामा प्रतिनिधित्व गर्ने पाँचवटै दललाई औपचारिक पत्र लेख्दै सरकारलाई समर्थन गर्न आग्रह गरेका हुन्।
नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री बानियाँले नेपाल मजदुर किसान पार्टी (नेमकिपा), नेकपा, नेकपा (एमाले), राप्रपा र हाम्रो नेपाली पार्टीका संसदीय दलका नेताहरूलाई छुट्टाछुट्टै पत्र पठाउँदै वर्तमान सरकारलाई समर्थन गर्न र सहकार्यमा आउन अनुरोध गरेका हुन्। नयाँ गठबन्धनबाट सरकार बन्न सक्ने अवस्था नरहेको जिकिरसहित उनले प्रदेशको स्थिरताका लागि समर्थन मागेको पत्रमा उल्लेख गरेका छन् । उनले सोमबार सम्बन्धित दलका नेताहरूलाई औपचारिक रूपमा पत्र हस्तान्तरण गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)