‘गाजामा ‘बन्दुकको शासन’ अन्त्य नभएसम्म पुनर्निर्माण हुँदैन’ : नेतन्याहु
kalakarmi.com · Tue Aug 04 08:09:20 GMT 2026

काठमाडौं- इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग गाजा शान्ति योजनाको कार्यान्वयनबारे केही असहमति रहेको बताएका छन् । उनले गाजाको पुनर्निर्माण प्रक्रिया सुरु गर्नुअघि हमास र अन्य सशस्त्र समूहको पूर्ण निशस्त्रीकरण आवश्यक रहेको स्पष्ट पारेका छन् ।
अल जजिराका अनुसार नेतन्याहुले ट्रम्प प्रशासनको पछिल्लो ‘बोर्ड अफ पिस’ सम्झौताबारे टिप्पणी गर्दै हमासलाई निशस्त्र बनाएर गाजा क्षेत्रलाई सैन्यमुक्त (डिमिलिटराइज्ड) गरेपछि मात्र पुनर्निर्माणको चरणमा जानुपर्ने बताएका हुन् । ‘राष्ट्रपति ट्रम्पसँग हालैको हमाससम्बन्धी सम्झौतामा मेरा केही असहमति छन, जुन म लुकाउँदिनँ । गाजा पुनर्निर्माणको चरणमा जानुअघि हमासलाई निशस्त्र बनाउनुपर्छ र गाजालाई सैन्यमुक्त गर्नुपर्छ,’ नेतन्याहुले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)