कोशीमा रोपाइँ अन्तिम चरणमा
nagariknews.nagariknetwork.com · Tue Aug 04 08:13:09 GMT 2026
कोशी प्रदेशमा धान रोपाइँ अन्तिम चरणमा पुगेको छ। कृषि विकास निर्देशनालय कोशी प्रदेशले सोमबार सार्वजनिक गरेको विवरण अनुसार कोशी प्रदेशमा हालसम्म करिब ९४ प्रतिशत क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ।
निर्देशनालयको तथ्यांक अनुसार हालसम्म कोशी प्रदेशमा ९३.६९प्रतिशत रोपाइँ सम्पन्न भएको छ। जुन गत वर्ष यही समयको भन्दा करिब ५ प्रतिशत बढी हो। गत वर्ष साउन १८ गते सम्ममा ८९.०३ प्रतिशत मात्रै रोपाइँ सम्पन्न भएको थियो। निर्देशनालयका अनुसार कोशी प्रदेशको उच्च पहाडी जिल्लाहरूमा हालसम्म ८६.६२ प्रतिशत रोपाइँ सम्पन्न भएको छ। यस्तै मध्यपहाडी जिल्लाहरूमा ९०.१८ र तराईका जिल्लाहरूमा ९५.४८ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)