रूढिवादका प्रतिनिधि होइनन् धामी
nepalnews.com · Tue Aug 04 08:02:18 GMT 2026

चिकित्सा विज्ञानका आधुनिक पद्धति र प्रविधिको पहुँच विस्तारसँगै धामीलाई रूढिवादको बिल्ला भिराउने क्रम फैलिँदै गयो। सरकारी सञ्चारमाध्यमहरूले दशकौँदेखि निरन्तर सन्देश बाँड्दै आएका छन्, धामी-झाँक्री प्रथा रूढिवादी परम्परा हो, यिनीहरूमा विश्वास गर्नाले जोसुकैको साधारण कारणले पनि ज्यान जान सक्छ।
आफूलाई पढेलेखेको, आधुनिक र टाठाबाठा ठान्नेहरूले सामाजिक चेतना फैलाउने नाममा धामीको दोहोलो काढ्ने क्रम जारी छ। तर, धामी संसारका हरेक ठाउँमा, अति विकसित ठाउँहरूमा पनि छन्। पश्चिमाहरू धामीबारेको अध्ययन, अनुसन्धानमा ठूलो धनराशि र मानव स्रोत लगानी गरिरहेका छन्। नेपाल जस्ता तेस्रो विश्वका नवपठितहरू भने धामीलाई तिरस्कार गर्नमा मन र वचन खर्च गरिरहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)