नेपाली सेनाबाहेक अन्य कुनै पनि सेनाको अस्तित्व नस्वीकार्ने हर्क साम्पाङको अभिव्यक्ति
himalpress.com · Tue Aug 04 08:20:05 GMT 2026

काठमाडौँ- श्रम संस्कृति पार्टीले देशको सुरक्षा, राष्ट्रियता र सरकारको कार्यशैलीप्रति आपत्ति जनाएको छ । प्रतिनिधि सभाको मंगलबारको बैठकमा सांसद हर्कराज साम्पाङले देशमा नेपाली सेनाबाहेक अन्य कुनै पनि सेनाको अस्तित्व स्वीकार्य नहुने बताए ।
सांसद राईले पछिल्लो समय विभिन्न नाममा सेना गठन गर्ने र सरकारले उनीहरूसँग वार्ता गर्ने परिपाटीप्रति आपत्ति जनाए । सुनसरी र मधेसका घटनाका सन्दर्भमा चर्चामा आएको हिन्दु सम्राट् सेना प्रति लक्षित गर्दै उनले भने, ‘नेपालमा एउटै मात्र सेना छ, त्यो हो नेपाली सेना। यो ठाउँ–ठाउँमा सेना गठन गर्ने छुट कसले दियो? यस्ता समूहसँग सरकारले वार्ता गर्नु हुँदैन, बरु उनीहरूलाई निषेध गर्नुपर्छ।’
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)