गृहमन्त्रीले मधेसमा सहमति गरे पनि मन जित्न सकेनन् : सांसद बराल
annapurnapost.com · Tue Aug 04 08:18:48 GMT 2026

काठमाडौं : नेकपा एमालेका सांसद गुरु बरालले सुनसरीलगायतका घटनामा पीडित परिवारसँग गृहमन्त्रीले गरेको सहमतिप्रति प्रश्न उठाएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा सांसद बरालले संवैधानिक प्रक्रिया, कानुनी प्रक्रिया, विगतका चलन र अभ्यासहरू भन्दा माथि उठेर गृहमन्त्रीले सहमति गरेको भन्दै प्रश्न उठाएका हुन् ।
उनले गृहमन्त्रीले मृतकहरूका परिवारलाई भेटेर सहमति गरे पनि उनीहरूको मनलाई जित्न नसकेको उल्लेख गरे । सुनसरी घटनाको छानबिन गर्दा न्यायिक समितिको तर्फबाट छानबिन गर्नुपर्नेमा सरकारले गठन गरेको समितिले निष्पक्ष छानविन गर्न नसक्ने उनले बताए । उनले दीर्घकालीन रुपमा नै शान्ति सुव्यवस्था व्यवस्थित गर्ने काममा केन्द्रीत हुन सरकारको ध्यानाकर्षण गराए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)