सरकारलाई अमरेशको प्रश्न– मधेसमा किन लाठीचार्ज हुँदैन, गोली चल्छ ?
baahrakhari.com · Tue Aug 04 08:41:00 GMT 2026

काठमाडौं । रास्वपा सांसद डा. अमरेशकुमार सिंहले मधेसमा लाठीचार्ज र टियर ग्यास प्रहार नगरी सिधै गोली हान्ने गरिएको भन्दै सरकारमाथि प्रश्न गरेका छन् । मधेस आन्दोलन, थारु आन्दोलनदेखि स–साना आन्दोलनसम्म मधेसमा गोली चल्ने गरेको भन्दै राज्यको दृष्टिकोण के हो भन्दै उनले प्रश्न उठाएका हुन् ।
“सभामुख महोदय म यो राज्यलाई प्रश्न गर्न चाहन्छु– मधेसमा मात्र आन्दोलनमा गोली किन चल्छ ? मधेस, थारु जो सुकैको होस् गोली किन चल्छ, टियर ग्यास किन चल्दैन ?,” सिंहले भने, “दुनियाँमा कसैको पनि प्रहरीसँग एसएलआर हुँदैन । हाम्रोमा किन दिइन्छ ? मधेसमा लाठीचार्ज र टियर ग्यास किन हान्दैन ? सिधै गोली किन ठोक्छ ?”
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)