सुनको मूल्यमा भारी गिरावट आउन सक्ने वर्ल्ड गोल्ड काउन्सिलको दाबी
nepalviews.com · Tue Aug 04 08:45:23 GMT 2026

एजेन्सी । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा थप गिरावट आउन सक्ने संकेत देखिएको छ । वर्ल्ड गोल्ड काउन्सिल (डब्लूजीसी) ले सुनको मूल्य प्रतिऔंस ३,८५७ अमेरिकी डलरभन्दा तल झरेमा अर्को प्रमुख समर्थन बिन्दु ३,५०० डलरमा रहने जनाएको छ ।
काउन्सिलले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनअनुसार यदि सुनको मूल्य ३,८५७ डलरभन्दा तल झरिरह्यो भने ३,५०० डलरसम्म पुग्न सक्ने सम्भावना छ । यो स्तर जनवरी महिनामा बनेको उच्च मूल्यबाट करिब ३७ प्रतिशतको गिरावट हुने काउन्सिलको विश्लेषण छ । यस्तो गिरावट अघिल्ला प्रमुख मन्दी अवधिहरूसँग मेल खाने भएकाले ३,५०० डलरको स्तरलाई महत्त्वपूर्ण आधार बिन्दुका रूपमा हेरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)