खेलकुद इतिहास समेट्ने देशकै पहिलो प्रदर्शनी सुरु, खेलकुदमन्त्री पोखरेलले गरे उद्घाटन
ratopati.com · Tue Aug 04 08:57:35 GMT 2026
काठमाडौं । नेपालको खेलकुद इतिहास संरक्षण, अभिलेखीकरण र प्रवर्द्धन गर्ने उद्देश्यसहिते देशकै पहिलो खेलकुदसम्बन्धी प्रदर्शनी आजदेखि सुरु भएको छ । नेपाल ओलम्पिक संग्रहालयलको आयोजनामा बबरमहलमा रहेको नेपाल आर्ट काउन्सिलमा आजदेखि तीन दिन प्रदर्शनी सुरु भएको हो ।
संग्रहालयको ३३औँ वार्षिकोत्सवका अवसरमा ‘बियोन्ड मेडल्सः प्रिजर्भिङ नेपाल्स स्पोट्र्स हिस्ट्री’ शीर्षकमा सुरु भएको प्रदर्शनीको उद्घाटन गर्दै शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्रदर्शनीले खेलिसकेका खेलाडीको सम्मान झन्काउने बताए । उनले खेल तथा खेलाडीसँग सम्बन्धित तस्बिर, ट्रफी, पदक, जर्सीलगायत ऐतिहासिक सामग्रीको अभिलेखीकरणले नयाँ खेलाडीलाई राम्रो खल्नका लागि प्रेरणा मिल्ने उल्लेख गरे । मन्त्री पोखरेलले संग्रहालयको व्यवस्थापनमा छलफल गरी सरकार अघि बढ्नेमा ढुक्क हुन आश्वासन दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)