शक्ति केन्द्रिकरणले लोकतन्त्रमा विकृति ल्याउँछ: अर्जुननरसिंह केसी
hamrakura.com · Tue Aug 04 00:00:00 GMT 2026
काठमाडौँ । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालयबाट हटाएर पुनः गृह मन्त्रालय मातहत नै फर्काउनुपर्नेमा जोड दिएका छन्।
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक’ माथिको छलफलमा भाग लिँदै उनले शक्ति एकै ठाउँमा केन्द्रित हुँदा लोकतन्त्रमा विकृति आउने तर्क प्रस्तुत गरे। ‘शक्तिले भ्रष्ट बनाउँछ र असीमित शक्तिले पूर्ण रूपमा भ्रष्ट बनाउँछ’ भन्ने मान्यतालाई स्मरण गराउँदै सांसद केसीले सबै शक्ति प्रधानमन्त्री कार्यालयमा मात्रै केन्द्रित गरिनु लोकतान्त्रिक मूल्यमान्यता र शक्ति पृथकीकरणको सिद्धान्तविपरीत हुने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)