चितवन र मकवानपुरका उत्कृष्ट २१ जना किसान पुरस्कृत
barnanmedia.com · Mon Jun 29 15:21:25 GMT 2026

चितवन र मकवानपुरका उत्कृष्ट २१ जना किसान पुरस्कृत भएका छन् । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ चितवनले परियोजना लागू भएपछि कृषि वस्तुको उत्पादन, उत्पादकत्व र व्यवसायीकरण प्रवर्द्धन गर्न उत्कृष्ट भूमिका खेलेका किसानलाई धान दिवसको अवसर पारेर पुस्कृत गरेको हो ।
पुरस्कृत हुनेमा तरकारी, माछा, धान, केरा, मौरीपालनमा व्यावसायिक रूपमा लागेका किसान रहेका छन् । उनीहरूलाई रु १० हजार नगद, प्रमाणपत्र र दोसल्ला ओडाएर पुरस्कृत गरिएको कार्यालय प्रमुख तथा वरिष्ठ कृषि अधिकृत महेश रेग्मीले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)