एउटै शवमा ३ परिवारले दाबी गरेपछि…
himalpress.com · Mon Aug 31 05:01:43 GMT 2026

पोखरा- भोटेकोशी बाढीमा परी ज्यान गुमाएकामध्ये १०२ शव पोखरा ल्याइएकामा १५ शव पहिचान गरी परिवार तथा आफन्तको जिम्मा लगाइएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आइतबार साँझसम्म १५ जनाको शव पहिचान गरी तिनका परिवार र आफन्तले बुझेका हुन् ।
जसमा भक्तपुर नगरपालिका–९ का ३६ वर्षीय सत्यसुन्दर प्रजापति, नवलपुरका ३७ वर्षीय यादव भण्डारी, इलामको सुन्दकपुर–३ का ३८ वर्षीय दिवानन्द सुवेदी, हेटौंडा–५ का ३६ वर्षीय उद्धव खड्का, अर्घाखाँचीको पाणिनी–७ निवासी ४५ वर्षीय नारायणबहादुर थापा, धादिङ खनियाबास–५ निवासी ४२ वर्षीय सन्जोग घर्तीमगर, नुवाकोट विदुर–७ निवासी ४५ वर्षीया शारदा ढकाल रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)