उपल्लो मुस्ताङमा फस्टाउँदै उक्लिएको स्याउ खेती
gorkhapatraonline.com · Mon Jun 08 05:55:41 GMT 2026

मुक्तिनाथ, उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–१, चराङका वडा अध्यक्ष टै धुन्टु ठकुरीले २३ रोपनीमा स्याउ खेती गर्नुभएको छ ।
जलवायु परिवर्तनका कारण पछिल्लो बर्षमा उपल्लो मुस्ताङमा स्याउ खेती फस्टाउन थालेपछि वडा अध्यक्ष ठकुरीले आफ्ना जग्गा बाहेक भाडामा समेत लिएर यो बर्ष ३ सय उच्च घनत्वको (हाइब्रिड) स्याउको बिरूवा विस्तार गर्नुभएको छ । ठकुरीको बगैचामा हाइब्रिडसहित रैथाने प्रजातिको करिब एक हजार स्याउको बिरूवा रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)