'अपर त्रिशूली–३ बी'को क्याम्पमा ४३ जना सम्पर्कविहीन, लेदोमा पुरिएको आशंका
ratopati.com · Mon Aug 31 05:08:28 GMT 2026

काठमाडौं । रसुवास्थित अपर त्रिशूली–३ बी जलविद्युत् आयोजनाको क्याम्प क्षेत्रमा भदौ १० गते आएको भीषण बाढीपछि ४३ जना सम्पर्कविहीन भएका छन् । बाढीमा परी क्याम्प क्षेत्रको घर बगाएको नभई लेदोले पुरिएको र त्यसैभित्र आयोजनाका कर्मचारी, परामर्शदाता, इन्टर्न विद्यार्थी तथा उनीहरूका परिवारका सदस्यहरू पुरिएको प्रत्यक्षदर्शी कर्मचारीले बताएका छन् ।
बाढीबाट भागेर ज्यान बचाउन सफल कर्मचारीका अनुसार क्याम्प क्षेत्रमा रहेको घर लेदोले पुरिएको हो । घरभित्र आयोजनाका उच्च पदस्थ कर्मचारी, परामर्शदाता, इन्टर्न विद्यार्थी, उनीहरूका परिवार तथा साना बालबालिकासमेत रहेको बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)