इरानमाथि आर्थिक दबाब बढाउँदै अर्को बैंकलाई प्रतिबन्ध लगाउँदैछ अमेरिका
ratopati.com · Mon Aug 31 05:10:26 GMT 2026

वाशिङटन डीसी । अमेरिकाले इरानमाथि आर्थिक दबाब थप बढाउने तयारी गरेको छ। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले इरानलाई अमेरिकी वित्तीय प्रणालीबाट थप अलग पार्ने उद्देश्यले यसै साता अर्को एउटा बैंकमाथि प्रतिबन्ध लगाउने तयारी भइरहेको बताएका छन् ।
आइतबार एसोसिएटेड प्रेससँगको अन्तर्वार्तामा बेसेन्टले प्रतिबन्धमा पर्ने बैंकको नाम भने खुलाएनन् । इरानको आम्दानीका स्रोत बन्द गर्ने र उसलाई अन्तर्राष्ट्रिय वित्तीय प्रणालीबाट अलग पार्ने अमेरिकी अभियान अझ तीव्र हुने उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)