पहिरो हटाइएपछि पृथ्वी राजमार्ग पुनः सञ्चालनमा
annapurnapost.com · Tue Aug 04 15:00:32 GMT 2026

धादिङ : धादिङको बेनीघाट रोराङ गाउँपालिका-१० स्थित पानीधारा नजिक खसेको ढुंगा सहितको सुक्खा पहिरो हटाइएपछि पृथ्वी राजमार्ग पुनः सञ्चालनमा आएको छ।
इलाका प्रहरी कार्यालय गजुरीका अनुसार डोजरको सहायताले पहिरो पन्छाइएपछि करिब दुई घण्टापछि राजमार्गमा सवारी आवागमन पुनः सुचारु गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)