रेडक्रसमा ‘भ्रष्टाचार र बेथिति’ को थप उजुरी दिन आह्वान
reportersnepal.com · Tue Aug 04 15:13:16 GMT 2026

काठमाडौँ । नेपाल रेडक्रस सोसाइटीले मातहतका सबै तहमा हुने अनियमितता, भ्रष्टाचार र बेथितिका सम्बन्धमा उजुरी पठाउन खुला आह्वान गरेको छ। नेपाल रेडक्रस सोसाइटीले मंगलबार पत्रकार सम्मलेन गरी रेडक्रसका कुनै पनि निकायमा बेथिति तथा अनियमितता भएको भएमा उजुरी गर्न सबैमा आह्वान गरेको हो।
आगामी भदौ ३ गतेसम्म उजुरी दिन रेडक्रसले आग्रह गरेको छ। सम्मेलनमा उजुरी तथा गुनासो अध्ययन छानबिन समितिका संयोजक डा. दीपेश घिमिरेले संस्थामा अहिलेसम्म भएका अनियमितता तथा गुनासो छानबिन गरी आगामी दिनमा संस्थालाई पारदर्शी बनाउने र सुशासन सुनिश्चित गर्नका लागि उजुरी आह्वान गरिएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)