विश्व बैंकको प्रतिवेदनले भन्छ– विकासोन्मुख देशहरूका लागि एआई ‘लाइफलाइन’
baahrakhari.com · Tue Aug 04 15:17:41 GMT 2026

काठमाडौं । विश्व बैंकले हालै सार्वजनिक गरेको प्रतिवेदनले आर्टिफिसियल इन्टेलिजेन्स (एआई)ले विकासोन्मुख देशहरूलाई दशकौँ लाग्ने विकासको लक्ष्य एकै दशकमा पूरा गर्न सक्ने अवसर प्रदान गरेको निचोड निकालेको छ । ‘विश्व विकास प्रतिवेदन २०२६’ ले यदि सरकारहरूले विद्युत्, कनेक्टिभिटी, सीप र संस्थागत गुणस्तरमा रहेका खाडलहरूलाई तुरुन्तै सम्बोधन गरेमा एआई विकासका लागि एउटा बलियो ‘लाइफलाइन’ बन्न सक्ने उल्लेख गरेको छ ।
प्रतिवेदनका अनुसार, उच्च आय भएका देशहरूको तुलनामा विकासोन्मुख देशहरूमा जेनेरेटिभ एआईका कारण रोजगारी गुम्ने जोखिम कम रहेको छ । उच्च आय भएका देशहरूमा १४.२ प्रतिशत रोजगारी जोखिममा रहँदा न्यून र मध्यम आय भएका देशहरूमा यो दर मात्र ४.५ प्रतिशत छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)